दमक, ५ मंसिर–दमकस्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा तथा स्थापना दिवसकको अवसरमा दमकका क्रियाशिल पत्रकार डिेकेश लामा पुरस्कृत भएका छन् । दमक–६ पशुपति मन्दिरको सभाहलमा आज (मंगलबार) आयोजित संस्थाको १२औं वार्षिक साधारणसभा तथा स्थापना दिवसकोबीच पत्रकार लामा फाल्गुनन्द पत्रकारित पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

पत्रकार लामालाई वार्षिक साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम प्रसाद कोइराला, फाल्गुनन्द सहकारी संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प), किरात धर्म साहित्य उत्थान संघका अध्यक्ष डगेन्द्रसिंह थेगिम लगायतले ताम्रापत्रसहित दोसल्ला ओढाएर नगद रु १० हजार १२ रुपैयाले सम्मान गरेका थिए ।

नेपाल पत्रकार महासंघ झापाका सचिव लामा नेपाल टेलिभिजनमा कार्यरत छन् । दुई दशकदेखि कला, साहित्य र पत्रकारितामा सक्रिय पुरस्कृत लामा पत्रकारिता विषयका अध्यापक समेत हुन् ।

सोही अवसरमा सहकारी संस्थाका परिवार सदस्यबाट मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर गरेका हल्दिवारी-२ की तिरुपा कन्दङवा, शिक्षा संकायमा स्नाकोत्तर गरेका शिवसताक्षी-१ धरमपुरकी बिष्णुदेवी चेम्जोङलाई फाल्गुनन्द शैक्षिक सम्मान गरिएको थियो ।

त्यस्तैं, संस्थाका शेयर सदस्यहरु मध्येका ज्येष्ठ सदस्यहरु, असल ऋणी, उत्कृष्ट बचतकर्ताहरुलाई, पुरस्कार वितरण गरिएको थियो । सम्मानित ज्येष्ठहरुमा शिवसताक्षी-१ का आन बहाखुर लिम्वू, दमक-१ का हस्त बहादुर वेघा, दमक-८ की सरोपती विश्वकर्मा, हल्दीवारी-१ का शान्ताकुमारी काम्वाङ्ग, शिवसताक्षी-८ की लोकमाया लावती, रामप्रसाद लिम्वू र मोरङ्ग, उर्लावारी-६ की गजमति लिम्वू र तिलबहादुर लिम्वू रहेका छन् ।

यसैगरि, असल ऋणीबाट दमककी भीमकुमारी नुगो, कमलकी रेनुका राई, दमककी मिना कुमारी लिम्वू लगायतलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा दमक-१ की राममाया बस्नेत, अंकित बडुवाल र जनक सिंह जवेगु, इलाम, चुलाचुलीका थेवा फुरुम्वो तथा उर्लावारीकी निता लावती र धनसिह तुम्वाहाम्फे लगायतका एक दर्जन उत्कृष्ट बचतकर्तालाई समेत पुरस्कृत गरेको छ ।

वार्षिक साधारणसभाको उद्घाटन समारोहमा संस्थाको सञ्चालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन तथा लेखा समितिबाट प्रस्तुत लेखा प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।

संस्थाले दमकसहित इलामको चुलाचुली, झापाको विर्तामोड र झिलझिले तथा मोरङको उर्लाबारीमा सेवा केन्द्र संञ्चानममा ल्याएको छ । संस्थामा हाल शेयर सदस्य संख्या २ हजार २ सय ४५ जना छन् ।

संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प) को अध्यक्षतामा र जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थिाये ।

वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि कोइराला, संविधानसभा सदस्य विश्वदिप लिङदेन, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, जिल्ला सहकारी संघका लेखा संयोजक चुडामणी ओझा, पुरस्कृत पत्रकार लामा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत दिलिप जबेगुले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *