सुरुङ्गा, ५ मंसिर–बैंकिङ कसुर मुद्दामा फरार बिर्तामोड नगरपालिकाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–५ घर भई हाल बिर्तामोड–१ निवासी ५५ वर्षीया मिना तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

उच्च अदालत विराटनगर इलाम इजलासले गत जेठ १० गते बैंकिङ कसुर मुद्दामा २ दिन कैद, २ दुई लाख जरिवाना र पीडित राहत कोषमा ८ हजार जम्मा गर्नु पर्ने फैसला सुनाएको थियो ।

उक्त फैसला भएदेखि फरार रहेका फरार उनलाई मंसिर ३ गते पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र जरिवाना रकम दाखिला गर्न नसकेकाले अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *