गोविन ल्वागुन/झिलझिले, ९ मंसिर–झापाको शिवसताक्षी–८ झिलझिलेमा रहेको समाजसेवी युवा क्लबले प्रथम समाजसेवी साँस्कृतिक तथा सांगीतिक मिनी मेलाको आय-ब्याय सार्वजनिक गरेको छ । आज (शनिबार) आयोजकले झिलझिलेमा पत्रकार सम्मेलन गरी उक्त मेलाको हिसाब सार्बजनिक गरेको हो ।

गएको कार्तिक ४ गतेदेखि मंसिर ३ गतेसम्म लगाइएको मिनी मेलाबाट क्लबले रु १५ लाख ५९ हजार आम्दानी र ११ लाख ६२ हजार खर्चको हिसाब सावर्जनिक क्लबका अध्यक्ष मिलन सुब्बाले गरे । जसमा ३ लाख ४३ हजार ९ सय रुपैयाँ बचत भएको र उक्त रकम सामजिक कार्यमा खर्च गरिने समेत क्लबका अध्यक्ष सुब्बाले जानकारी दिए ।

आयोजक समाजसेवी युवा क्लबले बचत रकमबाट १ लाख रुपैयाँ क्लबको कोषमा जम्मा गरी त्यसलाई क्लब सञ्चालनमा खर्च गरिने र बाँकी रकम शिवसताक्षी–८ का ४ ओटा विद्यालयका विपन्न परिवारका विद्यार्थीहरुमा खर्च गरिने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

जसमा शिवसताक्षीको झिलझिले माध्यमिक विद्यालयलाई ५० हजार रुपैया, अरुणोदय आधरभुत विद्यालयलाई २५ हजार रुपैया, सरस्वती प्राथमिक विद्यालयलाई २५ हजार रुपैया, मैनाचरी प्राथमिक विद्यालयलाई २५ हजार गरी वितरण गरिने क्लबका सचिव नरबहादुर लिम्बुले बताए ।

त्यसैगरी अन्य सामुदायिक विद्यालयहरुका विपन्न परिवारका विद्यार्थीलाई ३० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिने सचिव नरबहादुर लिम्बुले जानकारी दिए ।

क्लबले विपन्न परिवारका ३ जना विरामीहरुलाई समेत उपचार खर्चमा सहयोग गर्ने जनाएको छ । यसरी सहयोग पाउनेमा क्रमस आर्जु परियार, आयुषा सार्की र गङ्गामाया सार्कीलाइ जनही १०र१० हजार प्रदान गरिने समेत पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

मेलाको खर्च कटाई बचेको रकमबाट स्थानीय टोलका क्लबलाई खेलकुद सामाग्रीका लागि २० हजार र झिलझिले भेट्रान क्बललाई १० हजार रुपैया सहयोग गर्ने समेत अध्यक्ष मिलन लिम्बुले जानकारी दिए । त्यस्तै, झिलझिले बजार ब्यबस्थापन समिती लाइ समेत आवस्यक समग्री दिइने समेत बताइएको छ ।

समाजसेवी युवा क्लबले दशंै तिहारको अवसरमा पारेर कार्तिक ४ गतेदेखि मंसिर ३ गतेसम्म झिलझिले बजारमा सञ्चालन भएको मिनिमेलामा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु लाइ सहभागी गराइ मनोरञ्जन प्रदान गरिएको थियो ।

पत्रकार सम्मेलनमा मेला संयोजक प्रताप खापुङ र क्लबका सल्लाहकार संयोजक राजु त्रिखत्रीले मिनी मेलाको समिक्षा गर्दै मेलालाइ निरन्तरता दिने बतएका छ्न ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *