दमक, ९ मंसिर–सामाजिक सेवा र नेतृत्व विकासमा सक्रिय दमकका चार वटा लायन्स क्लबहरुले नेत्रहिनहरुलाई खाना खुवाइएको छ । नेत्रहिन संघ झापा जिल्ला समितिको छैठौं अधिवेशनमा सहभागि एक सय ५० जना बढीलाई लायन्स क्लबहरुले खाना खुवाइएको हो ।
दमकस्थित मारवाडी सेवा समितिको सभाहलमा सम्पन्न नेत्रहिन संघ झापाको अधिवेशनमा सहभागिहरुका लागि खानाको व्यवस्था गरी खाना वितरण गरिएको लायन्सकर्मी तथा पत्रकार कविध्जोज राईले बताए ।
लायन्स क्लब अफ दमक स्वीटसिटि, लायन्स क्लब अफ दमक युनाइटेड, लायन्स क्लब अफ दमक डाइनामिक, लायन्स क्लब अफ दमक गरिमा, लियो क्लब अफ दमक स्वीटसिटि र युनाइटेड क्लबका सदस्यहरुको सक्रियतामा खाना वितरण गरेको डिस्टिक ३२५ सी नेपालका रिजन चियरपर्सन लायन साजन श्रेष्ठले बताए ।
