बिर्तामोड, ११ मंसिर–झापा नेत्रहीन संघको नयाँ नेतृत्व चयन भएको छ । संघको १७औं वार्षिक साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनले होमनाथ राजवंशीको अध्यक्षतमा नयाँ नेतृत्व चयन गरेको हो ।

बिर्तामोडमा भएको अधिवेशनले उपाध्यक्ष उत्तम खतिवडा, सचिव देउकुमार राजवंशी, सहसचिव मुना भट्टराई र कोषाध्यक्षामा रोशन थापालाई चयन गरेको जनाइएको छ । त्यस्तै सदस्यहरुमा भोजकुमार तामाङ, केशवप्रसाद न्यौपाने, सुशिला दाहाल सापकोटा, भीमकुमारी श्रेष्ठ, विमलादेवी कुमाल र सन्ध्या इङ्नामलाई चयन गरिएको छ ।

अधिवेशनले तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको संयोजकमा नरेन्द्रकुमार मेहेङ्गो, चयन भएका छन् । सदस्यहरुमा कल्पना बाँस्तोला र रञ्जु रजक राई चयन भएको बताइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *