काठमाडौँ, ११ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित जाजरकोटका विद्यार्थी केन्द्रीत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

संगठनकी अध्यक्ष आरती लामाकाअनुसार अस्थायी आवास निर्माणमा जुटेको अनेरास्ववियूले सोमबारदेखि भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गर्ने भएको हो।

कलम न्युजसँगको संक्षिप्त कुराकानिमा अध्यक्ष लामाले भन्नुभयो,‘शैक्षिक सामग्री र खेलकुद सामाग्रीकासाथ आजबाट अत्यन्त प्रभावित विद्यालयमा हामी ‘विद्यार्थीका बीच विद्यार्थी संगठन’ भन्ने भावनाका साथ पुग्दैछौ’

साथै अध्यक्ष लामाले भूकम्पबाट प्रभावित विद्यालयका विद्यार्थीहरूलाई पठन पाठनको वातावरण र्सिजना गर्न सरकारसँग माग गर्नु भएको छ। उहाँले लेख्नु भएको छ, ‘राज्यले पाठ्य पुस्तकसहित पढ्ने वातावरण यथाशीघ्र व्यवस्थापन गर्नको निम्ति हार्दिक अपिल पनि गर्दछौ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *