दमक, ११ मंसिर–शिवसताक्षी नगरपालिकाले कृषि शाखालाई विस्तार गरेको छ । कोरोना भाइरस सक्रमणको बेला कोभिड अस्पतालको रुपमा रहेको शिवसतक्षी ११ को साविकको झरना प्राविको भवनमा कृषि सेवा केन्द्र वितार गरेको हो ।

कृषकलाई सहजरुपमा पहुँच पुर्याउनका लागि सेवा केन्द्र विस्तार गरेको शिवसताक्षी नगरपालिकाका प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिए ।

त्यस्तै, शिवसताक्षी नगरपालिका ११ दूधेमा रहेको पशु सेवा केन्द्र समेत सोही स्थानमा स्थान्तरण गरिएको छ । दूधेमा भाडाको घरमा सञ्चालन भइरहेको पशु सेवालाई नगरकै स्वामित्वमा रहेको भवनमा सारिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

उक्त विद्यालय यस अघि नै मर्च भई शिवसताक्षी नगरपालिका ११ दूधेमा सतासी प्राविमा गाभिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *