दमक नगरपालिकाको मुख्य गेटअघि पत्रकार सम्मेलनमा आफ्नो कुरा राख्नुहुँदैः पीडित सिटौला ।

दमक, १२ मंसिर–दमक उद्योग बाणिज्य संघका पर्व कार्यसमिति सदस्य, दमकमा सामाजिक सेवासंगै उद्योग व्यवसायमा सक्रिय बिन्दु (लक्की) सिटौलाले दमक नगरपालिका १ नम्बर वडा कार्यालयबाट आफु पीडित भएकी खुलासा गर्नुभएको छ । दमक-५ मामा चौक घर भएकी सिटौलाले दमकस्थित १ नम्बर वडा कार्यालयभित्र पर्ने आफ्नै नाममा रहेको सिट नम्बर ६।६ (ङ) कित्ता नं १६४ क्षेत्रफल ०–१०–०–० मा उद्योग स्थापना गरिसकेको र सो कित्तामा उद्योग स्थापनाको प्रमाणपत्र लिन पटक पटक पुग्दासम्म काम गर्न वडा अध्यक्ष नचाहेको बतााउनुभएको छ ।

सिटौलाले दमक १ रतुवा खोलाको नजिकै आफ्नो १० कट्ठा जग्गामा सिमेन्ट, ब्लक, ईटा जस्ता सामग्रीहरु उत्पादन गर्ने ईको नेपाल ईन्फ्रास्टक्चर नामक कम्पनी स्थापना गर्नुभएको छ । सो उद्योग सञ्चालनमा आएपनि दर्ताका केही कार्यहरु बाँकी नै थियो । सोही काम पुरा गर्न वडा कार्यालयमा दर्ता गर्न जाँदा वडा अध्यक्ष हरि न्यौपानेले दर्ता गर्न आनाकानी गरेर विभिन्न समस्याहरु देखाइदिने गरेको पीडित सिटौलाले पत्रकारहरुलाई गुनासो गर्नु भएको हो ।

सिटौलाले हिँजो (सोमबार) दमक नगरपालीकाको गेटै अगाडी पत्रकार सम्मेलन गर्दै सिटौलाले आफुले उद्योग दर्ताका लागी वडा कार्यालय देखी नगरपालीका सम्म पटक पटक धाउँदा पनि सबै तिरबाट आस्वासन मात्रै पाएको तर काम नभएको गुनासो गर्नु भयो । २०७३ सालबाट उक्त जग्गा आफ्नो नाममा ल्याएर हरेक बर्ष राजस्व बुझाउँदै आएको भए पनि अहिले उद्योग दर्ता गर्न खोज्दा वडा अध्यक्षले कहिले उक्त जग्गा दमकमा पर्छ भन्ने त कहिले कमल गाउँपालीकामा पर्ने भन्दै असहयोग गरेको सिटौलाले बताउनु भयो । अहिले आएर त वडा अध्यक्ष न्यौपानेको आदेशमा आफ्नो उक्त जग्गाको विवरण वडाको करदाता लिष्टबाटै हटाईएको पाईएको भन्दै सिटौलाले वडा अध्यक्षको ज्यादतीका कारण आफुले हैरानी मात्रै पाएको बताउनु भयो ।

वडा अध्यक्ष न्यौपानेले अधिकार क्षेत्र बाहिर गएर आफ्नो नम्बरी जग्गालाई ऐलानी घोषणा गरेको सिटौलाले आरोप समेत लगाउनु भयो । आफ्नो नम्बरी जग्गालाई कुन आधारमा वडा अध्यक्षले ऐलानी घोषणा गरेको हो रु भन्दै सिटौलाले साँध सिमानाका सबै जग्गा दमकको नम्बरी हुने अनि आफ्नो मात्रै ऐलानी कसरी हुन्छ भन्दै प्रस्न गर्नु भयो । रोजगारी श्रीजना गर्ने महिला उद्यमीको रुपमा स्थापित हुने आफ्नो प्रयासमा स्थानिय सरकारबाट असहयोग भएको भन्दै न्याय दिलाईदिन सञ्चारकर्मि समक्ष उहाँले आग्रह समेत गर्नु भयो ।

उता वडा अध्यक्ष न्यौपानेले भने उक्त जग्गाको बिषयमा मालपोत र नापी कार्यालयमा बुझ्दा पनि दमकमै पर्ने र नम्बरीनै हो भन्ने प्रमाण नपाएकोले समस्या भएको बताउनु भयो । त्यसैगरी सो ठाउँमा सिटौलाले उद्योग स्थापना गर्दा संधियारहरु संग पनि सहमति नलिएको र संधियारहरुबाटै उजुरी आएकाले पनि दर्ता सिफरिस गर्न समस्या भएको उहाँले बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *