काठमाडौं, १३ मंसिर–रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ। ​रुसी सेनामा कार्यरत रहेको अवस्थामा तीन नेपालीको मत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जानकारी रुसी सेनाले दिएको जनाएको छ।

दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलाम–५ का गंगाराज मोक्तान छन्।​

उनीहरुको गत १५ नोभेम्बर ९कात्तिक २९० गते मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट मृत्यु प्रमाणपत्रसमेत प्राप्त भइसकेको दूतावासले जनाएको छ।

रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो। ​

उनीहरुको गत कात्तिक २९ गते तिहारको भाइटीकाका दिन एकैसाथ मृत्यु भए पनि परिवारले दुई सातापछि मात्रै खबर पाएका हुन्। स्याङजा कार्की नेपाली सेनाबाट निवृत्त भएका हुन।

दोलखाका रोक्का भने केही वर्षअघिसम्म सशस्त्र प्रहरीमा कार्यरत रहेको र अवधि नपुग्दै राजीनामा दिएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *