काठमाडौं, १३ मंसिर–नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्।
बैठकमा समसमायिक राजनीतिक विषयका साथै पार्टीको महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। महासमिति बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनुपर्ने भएकाले सभापति देउजाले छलफल गर्न बैठक बोलाएको उनले बताए।
कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक आयोजना गर्दैछ। महासमिति बैठकमा नीतिगत प्रस्ताव, सांगठनिक तथा समसामयिक राजनीतिक सम्बन्धी प्रतिवेदन पेश हुनेछ ।

