काठमाडौँ, १९ मंसिर–स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी ९मरणोप्रान्त० र सङ्गीतकार गणेश रसिक ९राई०लाई सम्मान गरिएको छ।
नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानद्वारा आज ९मंगलवार० आयोजित कार्यक्रममा कोषकी अध्यक्ष उषा शेरचनले उनीहरुलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरिन्। पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ रहेको छ।
दिवंगत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भुवन चन्दले ग्रहण गरिन्। अग्रज स्रष्टा तारादेवीले ३ हजार ५ सयभन्दा बढी गीतमा स्वर दिएकी छन्।
सो अवसरमा सम्मानित व्यक्तित्व रसिकले स्वरसम्राट नारायणगोपालसँगको सहकार्यका अनुभूति सुनाउँदै उनका गीत सङ्गीतबिना सुगम सङ्गीत अपुरो हुने बताए।
विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ। कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालले गाएका विभिन्न कालजयी गीत प्रस्तुत गरेका थिए।
