दमक, २१ मंसिर–सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले आज (विहिबार) दमकमा १४औं वार्षिक चुनावी साधारणसभा सम्पन्न गरेको छ ।

दमक–९ मा अवस्थित कनकाई पार्टी प्यालेसमा आयोजित चुनावी वार्षिक साधारणसभामा सूर्य दर्शन साकोसले आर्थिक वर्ष २०७९।०८० का प्रगती विवरण र आगामी योजनासहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै संस्थाको नयाँ सञ्चालक समिति गठन गरेका छ ।

दमक–६ मा सञ्चालित सूर्यदर्शन साकोसको वार्षिक साधारणसभाबाट संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः टीकाराज सापकोटालाई निर्विरोध ढंङ्गबाट अध्यक्षमा निर्वाचित गरेको छ ।

त्यस्तैं, वार्षिक साधारणसभले समितिको उपाध्यक्षमा रुद्रवहादुर अधिकारी, सचिवमा कमल नेपाल र सदस्यहरुमा बलराम पराजुली, अशोक चौधरी, गोविन्द सेनेहाङ लिम्बू, नारायणप्रसाद खतिवडा, रेनु मिश्र र दुर्गादेवी श्रेष्ठलाई निर्वाचित गरेको छ ।

सोही, वार्षिक साधारणसभाद्धारा डिल्लीराम मुखिया संयोजक रहेको लेखा तथा सुपरिवेक्षण समिति पनि चयन गरेको छ । समितिको सदस्यद्धयमा खगेन्द्र नेपाल र हेमकुमारी थापालाई चयन गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले जानकारी दिनुभएको छ ।

यसअघि, १४औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष टीकाराज सापकोटाको अध्यक्षतामा र राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष तथा सांसद ओमदेबी मल्लको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा संस्थाका अध्यक्ष सापकोटाले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९।०८० मा गरेका वित्तिय कारोबारदेखि सामाजिक सदस्यमैत्री योजना, कार्यक्रम, उत्तरदायित्व र संस्थाको आगामी योजना लगायतका विषयमा समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष सापकोटाले देबदर्शन कृषि सहकारी संस्थासंग सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको एकीकरण सम्बन्धी वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावलाई वार्षिक साधारणसभाको बन्दसत्रमा पारित गरिएको संस्थाका कर्जा विभाग प्रमुख इश्वर नेपालले जानकारी दिए ।

सोही वार्षिक साधारणसभामा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक डिल्लीराम मुखियाले लेखा प्रतिवेदन प्रस्तुत गुर्नभएको थियो । सो प्रतिवेदन अनुसार यसवर्ष संस्थाले शेयर पुजी रु १६,०९,७७,२००.००, जगेडा कोषतर्फ रु १३,६४,८१,४०१.७६, बाह्रय ऋण रु १७,४३,०६,२६९.८८, निक्षेप दायित्वमा रु १,३७,४७,०१,३७९ंं८१, चालु तथा अन्य दायित्वमा रु ५,९७,११,१८७.६४ र ऋण नोक्सानी अवस्था रु २,०६,३७,७४२.४७ को वासलात देखाएको छ ।

त्यस्तैं, स्थिर सम्पतीतर्फ रु २१,१२,४२,०७६.४९, नगद तथा बैंक मौज्दातमा रु १८,२०,८८,७७१.८२, ऋण लगानी तथा सापटी रु १,४७,७६,११,४१८.६५, शेयर लगानीतर्फ रु ३,१५,३७,०००.००, अन्य सम्पतीमा रु २,४१,४७,८८७.४६, अन्य सम्पती रु २,४१,४७,८८,७.४६, स्थगन कर सम्पती रु १,८८,०३०.१४ को जायजेथा तथा सम्पतीको विवरणसहितको वासलात देखाएको छ ।

त्यस्तैं, वार्षिक साधारणसभाको उद्घाटन सत्रमा संस्थामा विभिन्न क्षेत्रमा कारोबा गर्ने सदस्यहरु, शैक्षिक प्रोत्साहन अन्तर्गत संस्थाका सदस्यहरुको छोरा–छोरी (विद्यार्थीहरु) लाई पुरुस्कार वितरण गरिएको थियो ।

सभामा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कोइराला, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक चुढामणी ओझा, मेची सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले, उद्यम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्र भट्टराई लगायतको उपस्थिति थियो । सो वार्षिक चुनावी साधारणसभाको उद्घाटन समारोहको सञ्चालन राजकुमार खड्काले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *