काठमाडौं, २२ मंसिर–त्रिभुवन विमानस्थलबाट करिब १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन्।

एक नेपाली र एक चिनिया मूलका भारतीय नागरिक सुनसहित विमानस्थलबाट पक्राउ परेका हुन्।

फ्लाई दुबईको विमानबाट गएराति काठमाडौं आएका उनीहरूलाई विमानस्थल भन्सार र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।

सुनको यकिन परिमाण र विस्तृत विषय अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *