काठमाडौं, २२ मंसिर–नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मूलधारका पार्टीले जनताका कुरा बोल्न छोडेपछि दुर्गा प्रसाईं नेता बनेको टिप्पणी गरेका छन्।
शुक्रबार, काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकारका कामकारबाहीबाट जनता आक्रोशित, क्रुद्ध र निराश रहेको बताए।
‘यस्तो अवस्थामा कसले उनीहरूको कुरा उठाउँछन् त्यतैपटि लाग्ने अवस्था बनेको छ। सत्ताधारी दलले जनताका कुरा उठाउँदै उठाउँदैन। हामी पनि कोठामा मात्रै बोल्छौँ। सडकमा हामी छैनौं। जनताका कुनै आवाज हामी उठाउँदै उठाउँदैनौँ । अनि दुर्गा प्रसाईं नेता भाइराुछ।’
पूर्वप्रधानमन्त्री खनालले भने ‘जनता भनेको कसैको पेवा हुँदैन।हिजो लाखौं लाख जनताले ०६२/६३को आन्दोलनमा सघाएको हो नि१ यी जनता हाम्रा भए भनेर ढुक्क बस्नु मूर्खता हो। जनता भनेको जसले उसको हितमा काम गर्छ उसकै हुन्छ। कामै नगरे पनि जसले उसको हितमा बोलिरहेको छ, उसैको पक्षमा हुन्छ।’
उनले मूलधारका पार्टीले केही गर्न नसकेको र उनीहरूको दिशाहिनताले अहिलेको परिस्थिति निम्तिएको उनको टिप्पणी छ।

