दमक, २२ मंसिर–दमक–१० को दक्षिणी क्षेत्र सेतुमारीमा मंसिर २७ गतेदेखि पुष ३ गतेसम्म इन्द्रेणी कप नकआउट फुटबल टुर्नामेन्ट हुने भएको छ । दमक–१० मा अवस्थित पर्यटकीय क्षेत्र इन्द्रेणी तालको प्रचारप्रसार र प्रवर्दनमा सघाउ पुर्याउने उदेश्यले फुटबल टुर्नामेन्टको आयोजना गरिएको हो । २०६३ सालमा सेतुमारीका संचेत युवाहरुले स्थापना गरिएको इन्द्रोण्ी युवा क्लबले सो टुर्नामेन्ट गर्ने भएको हो ।
इन्द्रेणी कप नकआउट फुटबल टुर्नामेन्ट आयोजक इन्द्रेणी युवा क्लबले शुक्रबार पर्यटकीय क्षेत्र इन्द्रेणी तालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मंसिर २७ देखि पुष ३ सम्म टुर्नामेन्ट सम्पन्न हुने जानकारी गराएको छ ।
सो क्लबका अध्यक्ष सुवास सुवेदीका अनुसार टुर्नामेन्टमा झापा, मोरङ र इलामका गरी हालः १२ वटा टीमले सहभागिता जनाउने जानकारी दिए । चार लाख ९५ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा झापा र मोरङका गरी स्थानीयस्तरका १२ वटा टीमले सहभागिता जनाउने छन् ।
दमकको पर्यटकीयस्थल इन्द्रेणी ताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे इन्द्रेणी युवा क्लबका अध्यक्ष सुवास सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार ‘मानव स्वास्थ्य सचेतना, खेलकुद क्षेत्रको विकास, युवा पुस्तालाई लागु औषधको कुलतबाट जोगाउने र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेर प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’
प्रतियोगताका लागि टाइटल स्पोन्सर खोजी गरिएको भन्दै सुवेदीको भनाइ छ । ‘हामीले दुई लाख सहयोग गर्ने दाताको नाम यस प्रतियोगिताको सुरुमा उल्लेख गर्ने निर्णय गरेका छौं । टाइटल स्पोन्सको खोजी जारी छ’, उनले भने ।
क्लबले इन्द्रेणी ताल संरक्षणलगायत विविध सामाजिक कार्य गर्दै आएको जानकारी दिँदै दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारीले युवा पुस्तालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्ने र प्रोत्साहित गर्ने कार्यमा वडा कार्यालयले सक्दो सहयोग गर्ने बताए । ‘क्लवका माध्यमबाट स्थानीय युवा साथीहरुको सामाजिक योगदानमा हामी वडाका तर्फबाट उत्साह थप्न तयार छौं’, उनले भने ।
कार्यक्रममा स्थानीयवासी तथा हालः युके आर्मी रोहित राई र क्लबका संस्थापक अध्यक्ष नगेन्द्रमणि न्यौपानेले प्रतियोगितामा सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतियोगिता सम्पन्न गर्न दमक नगरपालिकाले एक लाख, वडा नम्बर १० कार्यालयले ५० हजार सहयोग गर्ने बताइएको छ । क्लबले देउसीभैलो खेलेर जम्मा गरेको ६० हजार छ सय २२ सहित दुई लाख २० हजार अन्य दाताबाट सहयोग प्राप्त गरिने अनुमान गरिएको प्रतियोगितामा सहभागी टीम शुल्क बापत ६६ हजार संकलन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार वापतको ५० हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रोहित राईले उपलब्ध गराएका छन् ।
त्यस्तै, दोस्रो पुरस्कारको लागि पुरुषोत्तम भट्टराईले रु ३० हजार उपलब्ध गराएका छन् भने अनुशासित टीमको पुरस्कारको लागि १५ हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रञ्जन राईले उपलब्ध गराउने बताइएको छ । ट्रफी, मेडल तथा अन्य सामाग्री काठमाडौंमा पि क्युब जर्सी पसल सन्चालन गर्दै आएका इन्द्रेणी युवा क्लबका सदस्य प्रेम बस्नेतले सौजन्य गरेका छन् ।
प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद राशी ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण्पत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा सहभागी मध्ये अनुशासित खेल खेल्ने टिमलाई नगर १५ हजारसहित पुरस्कृत गरिने अध्यक्ष सुवेदीले जानकारी गराए । प्रतियोतिताका सर्वोत्कृष्ट खेलाडी, गोल किपर, डिफेन्स, अधिक गोलकर्ता र प्लेयर अफ दी म्याचलाई ट्रफी प्रदान गरिने छ ।
सो पत्रकार सम्मेलनमा आयोजक क्लबका उपाध्यक्ष उमेश कुलुङ राई, स्थानीय युवा बुद्धिजीवि हरिकृष्ण पौडेल, बिनोद ढकाल, पदमप्रसाद न्यौपाने लगायतका व्याक्तित्वहरुको उपस्थिती थियो भने क्लबका सचिव मनिष दाहालले सञ्चालन गर्नुभएको थियो ।
