दमक, २२ मंसिर–यहाँस्थित मेची आवासीय माध्यमिक विद्यालयमा गठन भएको मेची बाल क्लबले शुक्रबार वातावरणसँग सम्बन्धि सचेतनामुलक प्रदर्शनसहित सरसफाई कार्यक्रम गरेको छ ।

क्लबले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सक्रिय सहभागितामा हात हातमा वातावरण र सरसफाई सम्बन्धि सचेतनामुलक नारा लेखिएका प्लेकार्ड बोकेर जनचेतना फैलाउँदै सो कार्यक्रम गरेको हो । बिद्यालयका शिक्षक दिपक खडकाका अनुसार बालबालिकाहरुले बिद्यालय परिसरका अतिरिक्त आसपासको क्षेत्र ज्येष्ठ नागरिक परिसर, लाइफलाईन अस्पताल, भृकुटी चोक आसपास तथा उत्तर तर्फ मामा चोक आसपासको क्षेत्रसम्म सडक किनारमा रहेका फोहोर तथा फोहोरजन्य सामग्री संकलन गरेका हुन ।

दमक–५ मा अवस्थित सो बिद्यालयका कक्षा ७ देखि १० सम्मका बिद्यार्थीहरु सरसफाईमा सक्रिय सहभागी भएका थिए । उनीहरुले वातावरण संरक्षणको आवश्यकता, जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभाव र त्यसले मानव जीवनमा पारेको असरका बिषयमा सचेतनामुलक सन्देश प्रवाह गरेका थिए भने शिक्षकहरुले आवश्यक सहजीकरण गरेका थिए ।

आसपासका टोल बिकास संस्थाहरुसँग समेत समन्वय गरेर सञ्चालन गरिएको सरसफाई कार्यक्रमको औपचारिक समापन दमक ५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको सभाकक्षमा गरिएको थियो । बिद्यार्थीहरुलाई सामाजिक काममा अभिप्रेरित गर्न र बार्षिक शैक्षिक क्यालेण्डरमा समावेश कार्यक्रमको कार्यन्वयनका लागि यो कार्यक्रम गरिएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *