धरान, २३ मंसिर-सुनसरीको रामधुनी नगरपालिका वडा ७ का वडाअध्यक्ष केशव गौतम आज (शनिबार) एक महिलासहित धरानको एक होटलबाट पक्राउ परेका छन् ।
धरान-१२ चतरालाईनस्थित शुभकामना होटेलमा वडाअध्यक्ष गौतम एक महिलासहित बसेको भन्ने आफन्तको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीसहित ती महिलालाई रंगेहात पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार वडाध्यक्ष गौतम नेकपा एमालेबाट दोस्रो कार्यकाल पनि वडाध्यक्ष चुनिएका हुन् ।
प्रहरीले दुवैलाई अर्धनग्न रूपमा भेटेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानमा पुर्याइएका गौतमलाई छाड्न दबाबआइरहेको स्रोतले बताएको छ ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले धरानको होटलबाट केशव गौतम र एक जना महिलालाई पक्राउ गरिएको बताए ।
धरानका डिएसपी नवराज मल्लले वडाअध्यक्ष केशव गौतम र महिलालाई ईलाका प्रहरी कार्यालय धरानको सम्पर्कमा रहेको र थप अनुसन्धान भईरहेको जानकारी दिए ।
