काठमाडौँ, २३ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हिक्मत बहादुर सिंहलाई चयन गरिएको छ।
शनिबार सम्पन्न प्रदेशको प्रथम अधिवेशनले सिंहको नेतृत्वमा सर्वसम्मत १५ सदस्सीय प्रदेश कमिटी चयन गरेको हो। प्रेदश अधिवेशनले संगठनको उपाध्यक्षमा तपेन्द्र कुवर, शर्मिला रोकायलाई चयन गरेको हो।
पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाको प्रमुख आतित्थ्यता एवं संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको विशिष्ट आतित्थ्यतामा सम्पन्न अधिवेशनले संगठनको महासचिवमा डिलबहादुर सिंह, सचिव सन्तोष प्रसाद जैशी, कोषाध्यक्ष समीक्षा जोशीलाई चयन गरेको छ।
संगठनका सदस्यहरूमा उमेश शाही, जनक थापा, निशा साउद, पवन बोहरा, सोहिता बोहरा, पुरुसोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउद र राजेन्द्र विकलाई चयन गरेको छ।
