काठमाडौं, २४ मंसिर–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले झण्डै ७ किलो सुन बराबद गरेको छ। ​

गएराति १२ बजे ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए। दुबईबाट आएका तीन विदेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इजिप्टका सेरिप मोहम्मद रहेको चन्दले जानकारी दिए। त्यस्तै दुई सुडानी नागरिक ओस्मान अलावेद इब्राहीम र मोहम्मद उस्मानलाई पनि पक्राउ गरिएको उनको भनाइ छ।

दुई दिन अघि मात्रै फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई १४ किलो सुनसहित पक्राउ गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *