धरमपुर, २४ मंसिर–झापाको शिबसताक्षी–२ का वार्ड अध्यक्ष भीम नेम्बाङलाई आज (आइतबार) मातृ शोक परेको छ । शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजार निवासी नेम्बाङका आमा लक्षीमाया नेम्बाङको ७२ वर्षको उमेरमा निधन भएको हो ।
पछिल्लो केही क्यानसर रोगबाट ग्रसित लक्षीमाया नेम्बाङको आज विहान मंगलबारेस्थित जेठा छोरा भीम नेम्बाङको घरमा निधन भएको परिवारस्रोत जनाएको छ । वहाँको तीन छोरा र एक छोरी छन् । यसअघि, लक्षीमाया बिर्तामोडस्थित पूर्वाञ्चल क्यानसर अस्पतालसहित अन्य विभिन्न अस्पतालहरुमा उपचारत राखिएको थियो ।
लक्षीमायाको पार्थिब शरिरलाई आजै धरमपुर–डुडामारीस्थित रतुवामाई बृक्षरोपण आयोजनाको बन क्षेत्रमा किराँत धर्मसंस्कृती बमोजिम अन्येष्टी गरिने भएको छ ।
