वीरगन्ज, २५ मंसिर–वीरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी एक महिलाले आइतबार राति तिम्ल्याही बच्चा जन्माएकी छिन्।

बाराको कलैया उपमहानगरपालिका– १६ मझौलियानिवासी मिन्कुदेवी रामले तिम्ल्याही बच्चा जन्माएकी हुन्।

२० वर्षीया मिन्कुले शल्यक्रियामार्फत तीन बच्चा जन्माएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। दीप्ति यादवले जानकारी दिइन्।

उनका अनुसार तीन सन्तानमध्ये दुई छोरा र एक छोरी छन्। डा। यादवले एक छोरा १।८ केजीको, छोरी १‍।८ केजीको र अर्को छोरा १‍।५ केजी वजनको रहेको बताइन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *