दमक, २५ मंसिर–दमकबाट आज प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा दमक–३ का २४ वर्षीय भीमबहादुर राईको घरमा शंकाष्पद अवस्थामा बसिरहेका भीमबहादुर राई र सोही स्थानका २१ वर्षीय विकाश घलेलाई प्रकाउ गरिएको दमक प्रहरीले जनाएको छ।
उनिहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर २ ग्राम, नगद १४ हजार र मोवाइल ५ थान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
