दमक, २६ मंसिर–झापाको दमक–७ लेखनाथ मार्गस्थित बराह टोलमा रहेको पौड्याल वंशोद्धार केन्द्रीय कार्यालयमा भोली (बुधबार) देखि श्रीमद भागवत तथा बराह महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पौड्याल वंशोद्धार केन्द्रीय समितिले आयोजना गरिएको सो सप्ताह ज्ञान महायज्ञको उद्घाटन अघि बुधबार विहान दमकमा कलश शोभायात्रा गरिने भएको छ ।
आज (मंगलबार), पौड्याल वंशोद्धार केन्द्रीय समिति तथा पुराण आयोजक मुल समारोह समितिले पत्रकार सम्मेलन गरेर पुराणको तयारी र त्यसको व्यवस्थापनको बारेमा जानकारी गराएको छ ।
के्रन्द्रीय अध्यक्ष लोकनाथ पौड्यालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पुराण मार्फत पौड्याल वंशबीचमा एकताको सन्देश दिन खोजिएको बताइयो । त्यस्तैं, पुराणमा संङ्कलित रुपैयाले दमकमा निर्माणधिन पौड्याल वंशोद्धारको भवनलाई माथिल्लो तला थप्ने, सामाजिक सेवा मुलक विभिन्न क्रियाकलापहरु गरिने र राष्ट्रका लागि सकारात्मक काम गरेर योगदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा पौड्याल वंशोद्धार झापाका अध्यक्ष समेत रहनुभएका पुराण आयोजक मुल समारोह प्रचारप्रसार उपसमितिका संयोजक कमल पौडेलले झापाका १४ वटै पालिकाहरुमा छरिएर रहेका पौड्यालहरु दाजुभाईहरुको घरदैलोमा पुगेर पुराणको निमन्त्रणा गरिएको बताउनुभयो । वहाँका अनुसार झापामा पौड्यालहरुको घरधुरी २८ सय बढी रहेको र त्यस अलवा मोरङ, सुनसरी, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम लगायत अन्य विभिन्न जिल्लाहरुका पौड्यालहरुलाई पुराणमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।
२७ मंसिर (बुधबार) बाट सुरु भएको सप्ताह ज्ञान महायज्ञ पुराण ४ पुषमा औपचारिक समापन हुनेछ । पुराण सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
केन्द्रीय अध्यक्ष लोकनाथ पौड्यालको संयोजकत्वमा पुराण मुल समारोह समिति गठन भएको छ । सो समितिको सहसंयोजक प्रहलादकुमार पौड्याल, सचिवमा युवराज पौड्याल, अर्थसचिवमा दुर्गा पौड्याल, सहसचिवमा बुद्धिमान पौड्याल र कोषाध्यक्षमा शशि पौड्याल रहनुभएका छन् ।
त्यस्तैं, पुजा व्यवस्थापन उपसमितिको संयोजकमा पार्वता खतिवडा पौड्याल, प्रचारप्रसार संयोजकमा कलमप्रसाद पौड्याल, कलश शोभा यात्रा संयोजकमा रामकुमारी पौड्याललाई जिम्मेवारी प्रदान गरिएको छ ।
पुराणमा प्रमुख कथा वाचक आचार्य पंण्डित ज्ञान्तिराम नेपालले गर्नुहुने भएको छ भने उपवाचकद्धयमा पंण्डित अग्निप्रसाद पौड्या र पंण्डित लक्ष्मीप्रसाद पौड्यालको रहनेछ । पुराणस्थल पौड्याल वंशोद्धारको प्राङ्गणमा बराह मन्दिरको समेत यसअघि मूर्ति स्थापनासहित उद्घाटन भएको छ ।
पुराण उद्घाटनका दिन साँझ ६ बजे सध्याकालिन आरती, ७ बजेदेखि ९ः३० बजेसम्म कथा वाचनसहित भजन कीर्तन हुने छ । २८ मंसिरदेखि ३ पुससम्म ७ देखि १० बजेसम्म पातलपुराण, १० देखि ३ः३० बजेसम्म कथा वाचन, साँझ ६ बजेदेखि आरती, ७ देखि ९ः३० बजेसम्म कथा वाचन हुने भएको छ । त्यस्तैं, पुराणभरी जग्गादाता, मन्दिर निर्माणकर्ता, भवन निर्माणार्थ सहयोगदाताहरु लगायत बन्धुहितका कार्यमा योगदान गर्नेहरुलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा पौड्याल वंशोद्धार केन्द्रीय उपाध्यक्ष सुरेश पौड्याल, महासचिव युवराज पौडेल, केन्द्रीय सदस्य रामकुमारी पौड्याल, झापा अध्यक्ष कमलप्रसाद पौड्याल, दमक नगर अध्यक्ष बुद्धिमान पौड्याल, पुजाव्यवस्थापनका संयोजका पार्वता खतिवडा पौड्याल, गोपाल पौड्याल, पत्रकार विष्णु पौड्याल लगायतको उपस्थिति थियो ।
