दमक,२८ मंसिर–झापाको दमक–४ कृष्ण मन्दिर चौकस्थित भट्टराई कुलवंश प्रतिष्ठानको कुल पूजा (देवाली) आगामी पुष १ गतदेखि ९ गतेसम्म आयोजना हुने भएको छ । प्रतिष्ठानले हरेक तीन(तीन बर्षमा गर्दै आएको कुलपूजा यसवर्ष पनि भव्य रुपले सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको कुलपूजा मूल आयोजक समितिका संयोजक समेत रहेका प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।

विहिवार प्रतिष्ठान परिषरमा आयोजित पत्रकार सम्मेलनमा कुलपूजालाई भब्य बनाउन तयारी स्वरुप ९ सय १४ वटा टहरा निर्माण गरिएको र दश हजार बढी आगन्तुकलाई अटाउने बासस्थानको ब्यवस्था गरिएको सचिव जीवराज भट्टराईले जानकारी दिए ।

कुलपूजा अन्तर्गत प्रतिष्ठानको केन्द्रीय कार्यालय रहेको दमक –४ स्थित बशिष्ठ आश्रममा पुष १ गतेदेखि बैदिक विधिबाट कुलपूजा गरिने र ९ गते बलि दिने कार्यक्रम तय गरिएको भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरवहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार यो पटक २५ सय बढी बोका बलि दिने अनुमान गरिएको छ । बोका बली दिन नेपालबाहेका भारतको सिक्किम, वर्मा, दार्जिलिङ, मनिपुरलगायतबाट आउने क्रम जारी रहेको छ भने भुटान र अमेरिकाबाट समेत प्रतिनिधित्व हुने उनले बताए ।

कुलपूजाको समापन गर्न करिव २० लाख अनुमानित बजेट विनियोजन गरिएको जनाइएको छ भने खाने र बस्ने ब्यवस्थाकोलागि भौतिक संरचना तयारी गरिएको प्रतिष्ठानका केन्द्रीय सदस्य धनबहादुर भट्टराईले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *