झापा, २८ मंसिर–पूर्वी गर्जन मिडिया प्रालिले प्रकाशनमा ल्याएको पूर्वी गर्जन मासिक पत्रिका सार्वजनिक भएको छ । आज (विहिबार) बिर्तामोडमा एक कार्यक्रमकाबीच पत्रिका सार्वजनिक गरिएको हो ।
कार्यक्रममा झापाको बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजक नरेन्द्र ढकाललाई सम्मान गरिएको छ । पूर्वी गर्जनले स्थापना गरेको एकीकृत जनक्रान्ति बलिदानी अक्षयकोषबाट पुरस्कृत पत्रकार ढकाल पुरस्कृत हुनुभएको हो ।
जनपक्षीय सञ्चारकर्मीका रुपमा पूर्बी गर्जन मिडियाले ढकाललाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ र पार्टीका केन्द्रीय सदस्य तथा मेची इञ्चार्ज सुमन सिंह पौड्यालले सम्मान पत्र प्रदान र एकीकृत जनक्रान्ति बलिदान अक्षय कोषका अध्यक्ष प्रशान्तले नगद प्रदान गर्नुभएको थियो ।
रहेक वर्ष कोषको रकम बढाउँदै जाने र कोषको रकमबाट प्रत्येक वर्ष तीन क्षेत्र जनपक्षीय पत्रकार, एकीकृत जनक्रान्तिका सहिद परिवार र कम्युनिस्ट अग्रजलाई प्रोत्साहन स्वरुप सम्मान गरिने जनाइएको छ ।
कार्यक्रका प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य अनिल ‘सी’, नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य लीलाराज झापाली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
एकीकृत जनक्रान्ति बलिदान अक्षय कोषका अध्यक्ष प्रशान्तले कोष स्थापना गर्नुको उद्देश्यबारे प्रकाश पारेको कार्यक्रममा पार्टीका मेची इञ्चार्ज सुमन सिंहको अध्यक्षतामा भएको थियो । पार्टीका पश्चिम झापा सेक्रेटरी विनोद ‘सी’ले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार प्रविन अधिकारीले गर्नुभएको थियो ।
