गायक एलपी जोशी

दमक, २९ मंसिर–झापाको दमकमा छरिएर रहेका इसाई धर्मालम्बीहरुले पुष ४ गते बुधबार सामुहिक रुपमा ख्रीष्टमस मनाउदैछन् । दमक नगर इसाई समाजले आयोजना गर्ने ख्रीष्टमस कार्यक्रममा वरिष्ट लोक संस्कृतीकर्मी, संगीतकर्मी तथा लोक गायक एल पी जोशीलाई अभिनन्दनन् गर्ने भएको छ ।

दमकस्थित कस्मिक पार्टी प्यालेसमा हुने कार्यक्रममा दमक नगर इसाई समाजले दमकलाई कर्मथलो बनाएर नेपाली लोकसंगीत, लोकसंस्कृती र साहित्यको प्रवेद्धन र विकासमा टेवा पुर्याएको भन्दै गायक एलपी जोशीलाई अभिनन्दनन गर्ने भएको हो । समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनुसार गायक जोशीले गदमकको परिचय र पहिचानलाई उच्च बनाउन समेत महत्वपूर्ण योगदान पुर्याउनु भएको ठहर गर्दै अभिनन्दनन गर्न लागिएको हो । गायक जोशी दमक–१ फाल्गुनन्द चौकमा आफ्नै निजी घरमा बसोबास गर्नुहुन्छ ।

दमक नगर इसाई समाजले प्रत्येक वर्ष सामुहिक रुपमा ख्रीष्टमस मनाउदै आइरहेको छ । दमकमा ४० को हाराहारीमा चर्च मण्डलीहरु स्थापना भएर सेवारत छन् । त्यस्तै, इसाई समाजले दमकको प्राकृतिक प्रकोप, दैबिक प्रकोप लगायत अन्य रोग, हैजा, संक्रमणको समायमा स्थानीय सरकारसंगको सहकार्यमा राहत र सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा इसाई धर्मालम्बीहरुको अगुवा पाष्टर राजकुमार नाछिरिङ राईले बताए ।

ख्रीष्टमस कार्यक्रम सम्पन्न गर्न दमक नगर इसाई समाजका पूर्व अध्यक्ष समेत रहनुभएका सलाहकार एबम् पाष्टर दावा शेर्पाको संयोजकत्वमा समिति गठन गरिएको छ । संयोजक शेर्पाका अनुसार दमक नगर प्मुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा र उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यतामा ख्रीष्टमस कार्यक्रमम सम्पन्न हुने छ ।

सो कार्यक्रममा मुख्य प्रवचनका रुपमा धनकुटास्थित पाष्टर जीवन थापा मगरले सम्बोधन गर्नुहुने छ । त्यस्तैं, दमक नगरका १० वटै वडाका अध्यक्ष एबम् जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, मण्डल्ीका अगुवाहरु, पाष्टरहरु, सुरक्षाकर्मी र संञ्चारकर्मीहरुलाई निमन्त्रणा गरिएको कार्यक्रम संयोजक पाष्टर शेर्पाले जानकारी दिए ।

कार्यक्रममा स्थानीय मण्डलीहरुद्धारा मनोरञ्नात्मक साँस्कृतिक नृत्य टोलीहरु र कलाकार तथा गायक–गायीकाहरुले गीत प्रस्तुत गर्ने छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *