डिकेन्द्र बस्नेत/झापा, २९ मंसिर–जेएम स्टुडियोको प्रस्तुतिमा ‘त्यो बेतलेहेमको गांवैमा’ शब्दमा रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नवगायक जोशुआ थामी, डेभिड तामाङ, थिनले जमत्सो तथा नवगायिका रेविका राईको संयुक्त आवाजमा रहेको ग्लोरीया त्यो बेतलेहेमको गांवैमा गीत शब्दमा रहेको गीत सार्वजनिक भएको हो ।

उक्त गित दमक उत्तरी इसाई समाजका कोयर ग्रुपका जवानहरुले गाएका हुन। म्युजिक भिडियोको निर्देशन तथा छायांकन किरण लिम्बूले गरेका छन । ग्लोरीया शब्द ल्याटिन शब्द हो, जसको अर्थ येशु जन्मेको महिमाको दिनलाई जनाउँछ । सो गीतवाट त्यो बेतलेहेमको गाँउमा भएको पहिलो महिमाको बारे प्रस्तुत गरिएको छ।

ख्रिस्टमसको सेरोफेरोमा बनिएको गीतमा शब्द,, संंगीगत तथा स्वर गायक जोसुवा थामीको रहेको छ । यस गीतमा किबोर्ड थिनले जमत्सो तथा काजोन डेभिड तामाङले सुन्दर तरिकाले प्रस्तुत गरेका छन ।

उक्त गीत जोशुआ थामी नामक युटुयुव च्यानल मार्फत आज सार्वजनिक गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *