दमक, ३० मंसिर–झापाको दमक–६ मा अवस्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले दमक–१ हवल्दार चौंकमा कार्यालय स्थानन्तरण गरिएको छ । शुक्रबार, दमक–१ हवल्दार चौकमिा एक संक्षिप्त कार्यक्रम गरि संस्थाको कार्यालय स्थानन्तरण गरि सेवा शुरु गरिएको छ ।

हवल्दार चौकस्थित किरात धर्म तथा साहित्य उत्थान संघको दोश्रो तलामा स्थान्तरण गरिएको कार्यालय भवनको संस्थाका अध्यक्ष पदम लिम्बू (संकल्प) ले उद्घाटन गरे । कार्यालय उद्घाटनका क्रममा उनले संस्थाले शेयर सदस्यहरुको सहजतालाई ध्यान दिदैं दमक १ मा सुविधा सम्पन्न संरचना तयार गरि सेवा पुरयाँउन प्रतिवद्ध भएको जानकारी दिए ।

२०६८ सालमा स्थापना गरिएको सहकारी लामोसमयसम्म दमक ६ स्थित लिङ्गदेन मार्गमा सञ्चालन हुदैआएको थियो । तर, त्यहाँ कार्यालयीय संरचना पर्याप्त हुन नसक्दा सेवा सञ्चालनमा समस्या झेल्दैआउनु परेको थियो ।

संस्थाका प्रमुख कार्यकारी दिलिप जवेगुले शेयर सदस्यहरुलाई सेवा सञ्चालनमा थप सुविधा पुरयाँउन स्थानन्तरण गरिएको कार्यालय अति उपयोगी हुने विश्वास व्यक्त गरे । संस्थाले स्थानन्तरण भएको सहकारीको कार्यालयसम्म सेवा लिन आउने सदस्यहरुलाई निश्चित अवधिका लागि रिक्सा भाडा वापत एकपटकका लागि रु ५० उपलव्ध गराउने समेत उनले बताए ।

संस्थाले दमकसहित इलामको चुलाचुली, झापाको विर्तामोड र झिलझिले तथा मोरङको उर्लाबारीमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुमाझ कारोबार गर्दैै आएको छ । सो संस्थामा हाल शेयर सदस्यको संख्या ३ हजार पुगेको छ ।

सो अवसरमा संस्थाकी उपाध्यक्ष फूलकुमारी आङ्गदेम्बे, कोषाध्यक्ष इक्सा सम्बाहाम्फे, सदस्यहरु गुमानसिंह सम्बाहाम्फे, सुवास आचार्य,व्यवस्थापक कुवेर तुम्बापो, शेयर सदस्यहरु,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *