इटहरी, १ पुस–सुनसरीको इनरूवा नगरपालिका–९ मा रहेका अल्पसंख्यक समुदायका परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बाँस्तोलाको विशेष आतिथ्यमा आज दिउँसो उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा आयोजना गरीएको उक्त कार्यक्रममा अल्पसंख्यक समुदायका ४० घर–परिवारहरूलाई न्यानो कपडा वितरण गरीएको थियो ।
