काठमाडौँ, १ पुसचिसो बढेसँगै इन्फ्लुएन्जा अर्थात् फ्लूका विरामी बढ्न थालेका छन्। ​केही दिनदेखि बढ्दै गएको चिसोले हाल काठमाडौंमा इन्फ्लुएन्जा तथा निमोनियाका विरामी बढेका हुन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता दैनिक १०० जनासम्म निमोनिया, फ्लू, चिसोका कारण हुने कोल्ड(डायरिया तथा अन्य संक्रमणबाट प्रभावित विरामी आउने गरेका छन्। चिसोको कारण हुने रुघाखोकी, दम, घाँटी खसखस गर्ने, भाइरल इन्सेफलाइटिस निमोनिया, रोटाभाइरल, झाडापखाला, बान्ता हुने, टाउको दुख्ने, बेहोस हुने, पिनास र एलर्जीका विरामी बढेका छन्।

टेकु अस्पतालका ओपिडी इन्चार्ज शंकर पाण्डेले भने‚ ‘केही दिनयता निमोनिया तथा फ्लूका विरामी बढ्न थाल्नु भएको छ। दैनिक १०० जनासम्म यस्ता विरामी आउनुहुन्छ।’

यसरी अस्पताल पुगेकाहरूलाई कडा खालको निमोनिया भएकालाई मात्रै भर्ना गरेर राख्नुपरेको र अन्यलाई औषधि सहित आराम गर्ने सुझाव दिइएको उनले बताए।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हालदेशभर तापक्रम घट्दो छ। आइतबार काठमाडौंको न्यूनतम तापक्रम ७।८ डिग्री सेल्सियस रहेको छ। जसले गर्दा चिसोबाट बढी प्रभावित हुनेमा वृद्धवृद्धा, दमका विरामी, बिहान र बेलुकीको समयमा घर बाहिर निस्कनेहरूमा चिसोको समस्या धेरै देखिएका छन्।

चिकित्सकका अनुसार गर्मी मौसमभन्दा चिसो मौसममा धेरै प्रकारका शारीरिक समस्या देखिने गर्छ।

वृद्धवृद्धा तथा दीर्घरोगका विरामीपछि चिसोको कारण सबैभन्दा धेरै प्रभावित हुने भनेका बालबालिका उमेर समूहका नागरिक हुन्। पछिल्ला केही दिनयता देशकै एकमात्र कान्ति बाल अस्पतालमा विरामी बालबालिकाको चाप निकै बढेको छ। हाल अस्पतालको बहिरंग विभाग ९ओपिडी०मा चिसोका कारण रुघाखोकी तथा कोल्ड(डायरियाबाट पीडित करिब १० प्रतिशत बालबालिका आउने गरेको अस्पतालले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार चिसो बढेसँगै हुने कोल्ड(डायरिया तथा अन्य संक्रमणबाट प्रभावित विरामीको चाप निकै बढेको छ। चिसोको कारण देखिने डायरियाको समस्या लिएर आउने विरामी केही दिनदेखि निरन्तर बढेको अस्पतालका चिकित्सक डा। शेरबहादुर पुनले जानकारी दिए।

प्रत्येक वर्ष जाडोको सुरुवातसँगै रुघाखोकी तथा ज्वरोका विरामी बढ्ने गर्छन्‌। रुघाखोकीलाई सामान्य रूपमा लिई बेवास्ता गर्दा यसले श्वास–प्रश्वाससम्बन्धी विभिन्न जटिल स्वास्थ्य समस्या निम्त्याउने भएकाले समयमै उपचार गर्न डा। पुनको सुझाव छ।

चिसो बढे पनि यो वर्ष काठमाडौंमा डेंगु संक्रमण नघटेका कारण सतर्क हुनुपर्ने समेत उनले बताए। डा। पुनले भने‚ ‘चिसो मौसममा इन्फ्लुएन्जाका विरामी बढ्छन् नै तर योपटक हामीलाई अर्को चुनौती भनेको डेंगु संक्रमण अझै पनि काठमाडौं उपत्यकामा कम भएको छैन। त्यसैले थप सतर्क हुनुपर्ने छ।’

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो विवरणमा पनि हाल काठमाडौं उपत्यकामा डेंगुका संक्रमित नघटेको देखाएको छ। इडीसीडीको विवरणअनुसार काठमाडौंमा कात्तिक पहिलो सातासम्म एक हजारभन्दा कम रहेको डेंगुबाट संक्रमितको संख्या हाल २ हजारभन्दा बढी छ। हाल काठमाडौंमा २ हजार ७६ जना, ललितपुरमा ५४३ र र भक्तपुरमा ६३० जना डेंगु संक्रमित रहेका छन्।

डेंगु तथा चिसोबाट बच्नका लागि अहिलेको मौसममा बिहान–बेलुकीको चिसोमा सकभर बाहिर हिँडडुल नगर्ने, हिँडडुल गर्नैपरे शरीर पूरै छोपिने गरी न्यायो कपडा लगाएर निस्कने, तातोपानी प्रशस्त पिउने र प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्ने समेत डा। पुनले बताए।

यस्तै मौसमी फलफूलहरु विशेष गरी भिटामिन सीयुक्त फलफूल खाने र चिसो मौसममा श्वासप्रश्वाससम्बन्धी समस्याबाट जोगिन तुँवालो लागेका बेला मास्क प्रयोग गर्ने, हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाले मोइस्चराइजर क्रिम प्रयोग गर्दा पनि चिसोको प्रकोपबाट सुरक्षित हुन सकिन्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *