दमक, ४ पौष–झापाको दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको सप्ताहव्यापी श्रीमद भागवत ज्ञान महायज्ञको समापनका अवसरमा एक सय एक बर्षिय लक्ष्मीप्रसाद पौडेललाई सर्वज्येष्ठ वंश सम्मानबाट अभिनन्दन गरिएको छ ।

ताप्लेजुगंको थेचम्बुमा विसं १९८० साल असोज ११ गते जन्मिएका पौडेल बेलायत सैनिकमा समेत रहेर स्वदेश फर्किएपछि लगातार १५ बर्ष सम्म ताप्लेजुगंको थेचम्बुमा तत्कालिन प्रधानपञ्चका रुपमा रहेर काम गरेका व्यक्तित्व हुन ।

ताप्लेजुगंबाट झापाको विर्तामोड हुँदै हाल काठमाडौंमा स्थायी बसोबास गर्दै आएका पौडेल साता अघिदेखि महायज्ञमा दैनिक उपस्थित भएका थिए । उनलाई पौडेल वंश महासंघका केन्द्रिय अध्यक्ष एवं महायज्ञ आयोजक मुल समितिका अध्यक्ष लोकनाथ पौड्यालले सम्मान गरेका हुन ।

सो अवसरमा पौड्याल वंशोद्धार केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष प्रल्हादकुमार पौड्याल, उपाध्यक्ष सुरेश पौडेल, महासचिव युवराज पौड्याल, कोषाध्यक्ष शशिराज पौड्याल, पूर्व उपाध्यक्ष मन्धरा पौडेल, केन्द्रिय सदस्य रामकुमारी पौड्याल लगायत उल्लेख्य संख्यामा पौडेल बन्धुहरु सहभागी थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *