दमक, ६ पौष–झापाको दमक ७ स्थित इष्टर्न स्टार बोर्डिङ स्कूलले २९औं बार्षिकोत्सव विभिन्न मनोरञ्जनात्मक र चेतनामुलक कार्यक्रमहरुसहित मनाएको छ । शुक्रबार बिद्यालय परिसरमा आयोजित बार्षिकोत्सव समारोहको दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले उदघाटन गरेका छन ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर राईको सभापतित्वमा सञ्चालन भएको बार्षिकोत्सव विशेष समारोहमा बिद्यालयका संस्थापक प्रिन्सीपल लक्षुदास (एलडी) राईले बिद्यालयको गौरवमय इतिहासलाई कायम राख्न सदैव प्रतिबद्ध रहेको उल्लेख गरे ।
प्रिन्सीपल राईले समयानुकल प्रविधि र बाल मैत्री शिक्षण सिकाईको विश्वासिलो गन्तव्यका रुपमा बिद्यालयले पहिचान बनाइसकेको र बिद्यार्थीहरुमा जिवनउपयोगी ज्ञान र संस्कारसहितको शिक्षामा बिद्यालयले जोड दिइआएको उल्लेख गरे ।
सो अवसरमा बिद्यार्थीहरुले आम्दानीका स्रोतहरुको पहिचान, व्यवसायिक कृयाकलापको ज्ञान, अनुशासन र इमान्दारिता प्रस्तुत गर्ने अवसरका रुपमा खाद्यन्न परिकारहरु बनाएर कार्यक्रमका सहभागी अभिभावक, अतिथी र बिद्यार्थीहरुलाई उपलब्ध गराएका थिए । ति खानेकुराको परिकार बिक्री गरेर बिद्यार्थीहरुलाई आफनो व्यवहारिक पक्ष सवल बनाउन प्रेरित गरिएको बिद्यालयका सहायक प्रिन्सीपल घनश्याम कोइरालाले जानकारी दिए ।
बार्षिकोत्सव अन्तर्गत कक्षा २ सम्मका बालबालिकाहरुले अलग अलग रुपमा कक्षागत नृत्य प्रस्तुत गरेका छन भने माथिल्लो कक्षाका बिद्यार्थीहरुका लागि विभिन्न तहगत रुपमा अन्तरसदनात्मक नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ ।
कार्यक्रममा बिद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, बिद्यार्थी, बिद्यालय व्यवस्थापन समिति, अभिभावक संघ लगायतका पदाधिकारीहरुको उल्लेखीय संख्यामा उपस्थिती रहेको छ ।
