दमक, ६ पौष–झापाकपो दमक–५ यलम्बर चौक दक्षिणमा स्थापना भएको बोर्ड वे क्याफे सञ्चालनमा आउने भएको छ । यलम्बर चोक नजिकै बिष्ट फुटसलकै छेउमा नयाँ डेकोरेसनसहित नयाँ स्वादका परिकार उपलब्ध गराउने गरि क्याफे सञ्चालनमा आउने भएको हो ।
दमकका युवाहरु विपिन सुवेदी, विशाल पौडेल र विजु तामाङले करिव १ करोड ८६ लाख रुपैयाँ भन्दा बढी रकम लगानी गरि सुरु गरेको क्याफेको आज सुभारम्भ हुने भएको छ ।
क्याफे परिसरमै हिँजो पत्रकार सम्मेलन गर्दै एसियन र यूरोपियन फ्युजनका परिकारहरु पाउने गरी क्याफे सञ्चालन गर्न लागिएको सञ्चालक बिपिन सुवेदीले जानकारी दिनुभयो । क्याफेमा अत्याधुनकि परिकारका खाना पाईने भन्दै सुवेदीले नयाँ परिकार भए पनि तिनको मुल्य भने यहाँका नागरिकले खरिद गर्न सक्ने किसिमकै सहज हुने उहाँले बताउनु भयो ।
दुबईका बिभिन्न तारे होटलमा काम गरिसक्नु भएका कुक करण प्रधान क्याफेमा हेड कुक रहनु भएको छ । उहाँले बिभिन्न देसमा पाईने स्वादका नयाँ नयाँ परिकार क्याफेमा पाईने बताउनु भयो । यसअघि, दमकमै नपाईएको परिकारहरु पनि क्याफेमा बनाईने उहाँले बताउनुभयो ।
क्याफेमा नेपाली खानासहित अडर अनुसारका विभिन्न भेज तथा ननभेजमा ग्राहकको माग अनुसार अरवियन र कोरियन परिकार समेत बन्ने हेड कुक प्रधानले बताउनु भयो ।
क्याफेको सुभारम्भको अवसर पारेर चर्चित कलाकारहरु सविन राई, ह्युमन आचार्य र रक हेड्स ब्याण्डले मनोरञ्जन दिने सञ्चालक बिपिन सुवेदीले जानकारी दिनुभयो ।
