दमक, ७ पौष–किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाद्वारा स्थापित नरेन्द्र बहादुर–कमलादेवी स्मृति साहित्य पुरस्कारद्वारा साहित्यकार रचना लावती पुरस्कृत हुनुभएको छ ।

जिल्ला चुम्लुङहिममा शुक्रवार सम्पन्न जग्गा(भवनदाता नरेन्द्र बहादुर आङबोहाङको ९६औं जन्म(जयन्ती समारोहमा साहित्यकार लावतीलाई पुरस्कृत गरिएको हो ।

समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय सदस्य अमृत योङहाङले साहित्यकार लावतीलाई रू ३ हजार नगदसहित सम्मान(पत्र प्रदान गर्नुभयो भने दाता नरेन्द्रबहादुर आङबोहाङकी कान्छी बुहारी लक्की थेबे आङबोहाङले लावतीलाई दोसल्ला ओडाएर सम्मान गर्नुभयो ।

लिम्बूरयाक्थुङ भाषा र नेपाली भाषामा कविता, गजल र उपन्यास विधाका ८ वटा कृति प्रकाशन गरि दमक नगरमा कर्मक्षेत्र बनाई निरन्तर साहित्य यात्रामा अघि बढिरहेकी साहित्यकार रचना लावतीलाई २०८० को स्मृति साहित्यकार प्रदान गरिएको हो भने विगत वर्ष २०७८ सालमा साहित्यकार स्व। नरबहादुर योङहाङ (नवल फाइवाली) र २०७९ सालमा साहित्यकार सेसेमी से(नाल्वोलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

आजभन्दा ९६ वर्षअघि ताप्लेजुङ हाङपाङमा जन्मनुभई झापा चारपाने हालको विर्तामोड नगर पालिका वडा नं १ मा कर्मथलो बनाई स्थायी बसोबास गर्दै आउनुभएको स्व नरेन्द्र बहादुर आङबोहाङ परिवारले किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखालाई १ कट्ठा ७ धुर जग्गामा भवन निर्माण गरि हस्तान्तरण गर्नुभएको हो ।

जग्गा(भवनदाता नरेन्द्र बहादुर आङबोहाङको भौतिक सम्पत्तिसहितको योगदानलाई उच्च मूल्याङकन गर्दै किरात याक्थुङ चुम्लुङ झापाले आङबोहाङको जन्मवारका दिन प्रत्येक वर्ष जन्म(जयन्ती मनाउने गर्दछ ।

यसैक्रममा यस वर्ष पुस ६ गते दाता आङबोहाङको ९६औं जन्म(जयन्ती चुम्लुङका संघीय सदस्य अमृत योङहाङको प्रमुख आतिथ्यतामा जिल्ला चुम्लुङहिममा स्थापित आङबोहाङ दम्पतिको शालिकमा फूलमाला अर्पण गरि जन्म(जयन्ती मनाइयो ।

जिल्ला चुम्लुङ अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न जयन्ती समारोहमा प्रमुख अतिथि चुम्लुङका संघीय सदस्य अमृत योङहाङ, अतिथि राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर जवेगु, जिल्ला सदस्य शर्मिला आङदम्बे, विर्तामोड नगर अध्यक्ष हिमालय प्रकाश कन्दङवा, विर्तामोड नगर वडा नं। का वडा चुम्लुङ अध्यक्ष योगेन्द्र कुरुम्बाङ, साहित्यकार रचना लावती लगायतले दाता आङबोहाङको योगदानको चर्चा गर्दै श्रद्धासुमन व्यक्त गरे ।

समारोहमा जिल्ला चुम्लुङ सदस्य तथा विर्तामोड नगर पालिका वडा नं। १ का वडा सदस्य योगचन्द्र आङबोहाङले दाता नरेन्द्र बहादुर आङबोहाङको जिवनी प्रस्तुत गर्नुभएको थियो भने जिल्ला सह(सचिव शरण लोवाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

विर्तामोड नगर सदस्य धनराज यक्शोको नेतृत्वको के–लाङ प्रस्तुतीले शोभायमान समारोहको कार्यक्रम जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले सञ्चालन गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *