नेत्र नेम्बाङ

नेत्र नेम्बाङ/याक्थुङ लिम्बू समुदाय अन्नबाली पाकेपछि पितृलाई चढाउनुलाई न्वागी (चासोक) भनिन्छ।बिशेषगी याक्थुङ लिम्बू जातिहरु प्रकृतिक पूजक हुन।न्वागी पूजाको (चासोक तङनाम) समयमा पहाडमा रुखका पातहरु झर्न थालेपछि, चराचुरुङगीहरु मधेश झर्न थालेपछि खोलानालाहरुबाट माछाहरु दक्षिणतर्फ लागेपछि हामी उधौलि भन्ने गर्छौ याक्थुङ लिम्बू समाजले।समयको यश परिर्वतनको रुपमा पनि हेरिएको यो पर्वलाईउधौली यामसंग जोडिएर हेर्ने गरिन्छ।

खासगरि न्वागी पूजा (चासोक तङनाम) एकल या समूहगत पनि गर्न सकिन्छ।आजभोली यो याक्थुङ लिम्बुहरुको मात्र नभै गैर जातिहरुले पनि मानी ल्याएको हुनाले राष्टिय पर्वको रुपमा बिकाश भएको देखिन्छ।यो बेला ठूला(ठूला मेला लाग्ने गरेको छ।चासोक सम्बन्धि याक्थुङ मिथकिय मुन्धुम।

कृषि युगको थालनी अघि सावायेत्हाङहरुले जंगलको कन्दमूल काच्चै खाएर जीवन यापन गर्दथे।यस्ले गर्दा उनिहरुले कुपोषणका साथ अनेकौ रोगका सिकार हुनु पर्दथ्यो। यस्तो अबस्थाबाट मुत्ति पाउन उनिहरुले अनेकौ उपाया लगाए।तर पार लाउन सकेनन्।

त्यसपछि उनिहरुले सर्बशक्तिमान तागेरा निङवाभू माङको ठूलो आरधना र पूजा गरे। फलस्वरुपः माङको कृपाले उनिहरुले अन्नको रुपमा माङदक (कोदो), ताक्मा (घैया), तुम्री (जुनेलो), सेङ्घामा, लिङघामा, लावामा जस्ता अन्नको बिउबिजन प्राप्त गरे। तिनै बिउबिजन जमिनमा काठ र ढुङ्गाको हतियारले खोरिया र भस्मे फाडेर मानव जातिलाई सिबेरा एक्थुःक्माले खेति गर्न सिकाई। यसरी सावायेत्हाङका सन्तानहरुले खेतिपाति गर्न सिके।खेतिपाति गर्न जानेपछि फलेको अन्नपात आगोमा पकाएर खान थाले।

यसरी सावायेत्हाङका सन्तानहरु कुपोषण र हैजा जस्तो अनेकौ रोगहरुबाट मुक्ति पाएपछि खुशी हुँदै हरेक साल पाकेको अन्नबाली सिबेरा एक्थुस्मा लगायत सबै प्राकृति देबिदेबतालाई विशेष गरि पितृ (पुर्खा) लाई चढाएर खान थाले।

याक्थुङ लिम्बू मुन्धुम अनुसार पाकेको अन्नबाली देविदेवताहरुलाई नचढाई खाएमा रोगब्याधि लाग्ने देखि मृत्युसम्म हुन्छ भन्ने बिश्वास छ।यसरी शुरुवात भएको अन्नबाली देविदेवतालाई चढाएर मात्र खाने न्वागी परम्परा आजभोली चासोक तङनामको रुपमा बिकशित भएको छ।

लेखकः पेभाकुम याङदेम्बा नेम्बाङ समाजका जानकार हुनुहुन्छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *