दमक, ७ पौष–साहित्य कला सङ्गमले दमकमा रचना वाचनको ३२औं श्रृङखला शुक्रवार एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यकारहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए ।
रचना वाचन गर्ने साहित्यकार हरु बिष्णु न्यौपाने, बिन्दु दहाल मुकदर्शक,यादवप्रसाद अधिकारी, विवश बलिभद्र कोईराला, हरि पराजुली, ओमप्रसाद खनाल, यादवप्रसाद नेपाल, ओम बहादुर दहाल, बिरेन्द खडका, डा=लेखनाथ न्यौपाने,मेघनाथ बन्धु, अम्विकाप्रसाद सापकोटा, राम नेपाल, भगवती दवाडी, हिमाल सुब्बा गुराश लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रम साहित्यकला सङ्गमका अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने सञ्चालन सङ्गमका सचिब बिवश बलिभद्र काईरालाले गरेका थिए ।
