गाजा, ८ पौष–प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरवाट सुरू भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको छ ।
गाजाको गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाले मारिएका पत्रकारको संख्या ९९ पुगेको बताएको हो ।
इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको उनको परिवारको बसिरहेको घरमा बमबारी गरे पछि गाजामा मारिएका मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन् ।
