गोविन ल्वागुन/झिलझिले, ८ पौष–झापाको शिबसताक्षी–११ झिलझिलेस्थित किसान कृषि सहकारी सस्थाले छैठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शनिबार झिलझिलेस्थित किरात राई यायोक्खाको भवनमा भएको साधारण सभाको शिबसताक्षी–११ का अध्यक्ष बहादुर आङ्गबोले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरे ।

किसानलाई लक्षित गरि स्थानिय युवाहरुको सकृयता मा झिलझिले बजारमा ६ बर्ष अघि स्थापना भएको हो ।

४ सय ४१ जना शेयर सदस्य रहेको यस सस्थामा ५९ लाख ७० हजार ६ सय शेयर पुजी र २ करोड ६ लाख ८८ हजार ७ सय ५३ रुपैया ऋण लगानी गरेको छ । त्यस्तैं, १ करोड ६६ लाख ७३ हजार ४ सय ३३ रुपैया रहेको वासलत कार्यबाहक अध्यक्ष हरिशंकर सिलवालले बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

त्यसैगरी , सस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋण बाल बचतकर्ताहरुलाइ सम्मान पत्र तथा मायाको चिनोद्वारा सम्मन गरिएको थियो । त्यस्तैं, उत्कृष्ट कर्मचारी अनिशा माझीलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *