दमक, ९ पौष–नेपाल सगरमाथा टेक्वान्दो दोजाङले दमकस्थित हिमज्योती बोडिङ स्कुलका ३१ जना खेलाडीहरुको ग्रेडिङपछि विभिन्न तहगत बेल्ट प्रदान गरिएको छ ।

दमक–९ शान्तिमार्गस्थित हिमज्योती बोडिङ स्कुलमा एक कार्यक्रम आयोजना गरेर खेलाडीहरुलाई बेल्ट वितरण गरिएको हो । सो बेल्ट वितरणमा ५ जनालाई फूल ग्रीन बेल्ट २ जनालाई हाफ ब्लू बेल्टसहित अन्यलाई एल्लो बेल्ट वितरण गरिएको दमकस्थित नेपाल सगरमाथा टेक्वान्दो दोजाङका अध्यक्ष जीतु धिमालले जानकारी दिए ।

बेलायतस्थित सगरमाथा टेक्वान्दो दोजाङका अध्यक्ष रन्दिप राईको उपस्थितिमा बेल्ट वितरण कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा अध्यक्ष राईले खेलाडीहरुलाई प्रशिक्षण गराउनुभएको थियो ।

अध्यक्ष राईले खेलाडीहरुको शिक्षा क्षेत्रमा विकाससँगै खेल क्षेत्रमा प्रगती गर्न आवश्यक रहेको बताउनुभयो । वहाँले खेलाडीहरुमा अनुशासन हुनुपर्ने बताउनुहुँदै सीप विकास र खेल कौशलताका बारेमा जानकारी गराउनुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *