काठमाडौँ, ९ पौष–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को ३२औं सम्मेलनबाट निर्वाचित नेताहरूलाई बधाई जापन गर्नु भएको छ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा पार्टीका तर्फबाट संगठनको कोषाध्यक्ष र सञ्चालक सदस्यमा विजय भएका नेताहरू क्रमशः दिपक थापा, नवराज अर्याल र वीरबहादुर रावत भोटेलाई बधाई तथा कार्याकालको शुभकामना दिनु भएको हो।

अध्यक्ष नेपालले नेफ्स्कूनको निर्वाचनमा भएका गतिविधिबारे जानकारी लिनु भएको थियो। साथै अध्यक्ष नेपालले विजयी नेताहरूलाई पार्टीको प्रतिष्ठा उचो बनाउने गरी काम गर्न निर्देशन दिनु भएको छ। उहाँले निर्वाचनमा सतप्रतिशत जित हासिल गरेकोमा खुशी व्यक्त गर्दै कार्यकाल सफल रहने विश्वास व्यक्त गर्नु भयो।

देशभरका बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को ३२औं साधारणसभा तथा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले सतप्रतिशत जित हासिल गरेको हो।

नेफ्स्कूनको यही पुस ७ र ८ गते काठमाडौँमा सम्पन्न ३२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट निर्वाचित अर्याल समाजवादी सहकारी संगठनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने भोटे सुर्खेत जिल्ला कमिटीको सचिव हुनुहुन्छ। कोषाध्यक्ष थापा पार्टीको नेता हुनुहुन्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *