भद्रपुर, १० पुस–झापाको झापा गाउँपालिकामा सोमबार राति आगलागी हुँदा एक लाखको क्षति भएको छ । झापा गापा–६ की सकुन्तला खड्काको गोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्कन गई आगलागि हुँदा टिनको छानो टाटि बेरा भएको गोठ पूर्ण रुपमा जलि गोठभित्र रहेको एउटा खसी र एउटा बाख्रासमेत गरी करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागी प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोली र स्थानियबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
त्यस्तै, सोमबार दिउँसो झापा गौरीगञ्ज गाउँपालिका–१ का सूर्य सन्तोषी केसीको १ बिघा १६ कठ्ठाको धानको कुन्यू नजिकै रहेको धानको परालको झ्यासमा आगो लगाइएकोमा अचानक धानको कन्यूमा सल्किन गई आगोलागी हुदा धान पुर्ण रुपमा जलि नष्ट भई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो स्थानीयबासी, प्रहरी, शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
