काठमाडौँ, १० पौष–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले उधौली पूर्वको शुभकामना सन्देश जारी गर्नु भएको छ।
मंगलबार किरात समुदायको पर्व उधौलीका अवसरमा एक भिडियो सन्देशमार्फत सम्मानित नेता खनालले शुभकामना सन्देश जारी गर्नुभएको हो। साथै सामाजिक सञ्जाल फेशबुकमार्फत सम्मानित नेता खनालले लेख्नु भएको छ, ‘२०८० सालको उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सम्पूर्णमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’
उहाँले भन्नुभएको छ, ‘उधौली पर्व नेपालको साँस्कृतिक परम्पराको महत्त्वपूर्ण पर्व हो। आफैमा यस पर्वको ठूलो महत्त्व छ। यद्यपी हाम्रो देशमा अहिले अनेकन समस्या देखापरिरहेका छन्। देशको आर्थिक स्थिति डामाडोल छ। तथापी हामीले मनाउने उधौली पर्वले अग्रगति र प्रगतिका निम्ति थप हौसला प्रदान गरोस्। यस कुरालाई ध्यानमा राखेर हामीले उधौली पर्व मनाउनुपर्छ।’

