काठमाडौँ, १२ पौष–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई वर्ग आधारित पार्टी बनाउनुपर्ने बताउनु भएको छ।
बुधबार पार्टीको सातौं केन्द्रीय कमिटी वैठकलाई सम्बोधन गर्दै नेता खनालले उक्त कुरा बताउनु भएको हो। नेता खनालले पार्टीलाई क्रान्तिकारी पार्टीका रुपमा विकास गर्न विधानमाथि बहस गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘जीवन्त पार्टीभित्र छलफल हुन्छ। बहस हुन्छ। हामी पनि पार्टीलाई क्रान्तिकारी पार्टी बनाउनका निम्ति छलफल गर्दैछौं । मैले छैटौं केन्द्रीय कमिटी वैठकमा पनि भनेको थिएँ। आज पनि भन्छु, यो पार्टी अन्य पार्टी जस्तो पार्टी होइन, हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो।
यसलाई थप क्रान्तिकारी जनताको पार्टी बनाउनका निम्ति सातौं केन्द्रीय कमिटीको वैठकमा खुलेर छलफल गरौं। पदाधिकारीका बारेमा के गर्नेरु केन्द्रीय कमिटीका बारेमा के गर्नेरु भन्ने बारेमा छलफल गरौं।’

