एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, १२ पौष–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मार्क्सवादी समाजवादलाई वैचारिक मार्ग मान्ने कम्युनिष्टबीच एकता हुनुपर्ने बताउनु भएको छ।

बधबार पार्टीको सातौं केन्दीय कमिटी वैठकको उद्घाट सत्रमा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। अध्यक्ष नेपालले भन्नुभयो, ‘मार्क्सवादी समाजवादलाई आफ्नो वैचारिक राजमार्ग मान्ने कम्युनिष्टहरूबीच एकता हुनुपर्छ। हामी यस अभियानमा जुटिरहेका छौं। विचार मिल्नेहरु, राष्ट्रियताका बारेमा एकमत भएकाहरुबीच एकता हुनुपर्छ भन्नेमा हामी छौं।’

निर्वाचन आयोग र छापिएको विधानमा केही त्रुटी भएको बताउदै अध्यक्ष नेपालले यसलाई सच्याउनका निम्ति केन्द्रीय कमिटीको वैठकमा वृहत छलफल गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो। अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले पार्टी दर्ता गर्दा निर्वाचन आयोगमा केन्द्रीय परिषद भनेर भन्यौं। तर, छापिदा राष्ट्रिय सम्मेलन भएछ। यसलाई मिलाउनका निम्ति यहाँ छलफल गरौैं। खुलेर आफ्ना कुराहरु राखौं। विधानलाई कसरी राम्रो बनाउन सकिन्छ, कसरी पार्टी थप बलियो बनाउन सकिन्छ, यसका बारेमा केन्द्रीय कमिटीमा रहेका नेताहरुले आफ्ना कुरा राख्नुहोस्। दोहोर्याएर कुरा राख्नुपरेन।’

एउटै विषयमा छलफल गर्नुपर्ने भएकाले स्थायी, पोलिटब्युरो कमिटीको वैठक एकसाथ आयोजना गर्नुपरेको बताउदै अध्यक्ष नेपालले भन्नुभयो, ‘खर्चका हिसाबले, आउजाउ यताउती सबै कुरालाई हेर्दा एकै मितिमा यो वैठक मिलान गरौं भनेर छलफल भयो। प्रश्नावाली निर्माण गरेर बाढिएको छ। केही अपुग कुरा छन् भने राख्नुहोस्।’

अध्यक्ष नेपालले नेकपाको निरन्तरता नेकपा ९एकीकृत समाजवादी० भएको दाबी गर्नु भएको छ। उहाँलृ भन्नुभयो, ‘२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी हामी हौँ। हामीले आफ्नै जीवनकालमा भइरहेको पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको थियो। पुष्पलालले पनि तत्कालीन अवस्थामा नेकपाबाट विद्रोह गर्नुभएको थियो।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *