डीएसपी पूर्णिमा चन्द

काठमाडौं, १२ पौष–प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमा कुमारी चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन् । काठमाडौं प्रहरी परिसरले मंसिर महिनाका लागि चन्दलाई ‘पुलिस अफ दी मन्थ’ अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।

चन्द महानगरीय प्रहरी वृत्त स्वयम्भुकी प्रमुख हुन् । शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा गरेको उल्लेख्य कार्यका लागि उनलाई उक्त पुरस्कार दिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीको हस्ताक्षरमा चन्दलाई प्रदान गरिएको प्रमाणपत्रमा भनिएको छ, ‘नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा तपाईले पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै २०८० साल मंसिर महिनाका ‘पोलिस अफ द मन्थको रूपमा यो प्रशंसा पत्र प्रदान गरिएको छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *