काठमाडौं, पुस–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दैछ । आज (शुक्रबार) बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले विधानको प्रस्तावमाथि आफ्ना धारणा राख्नेछन्। बैठक बुधबारदेखि ललितपुरमा जारी छ।

जारी सातौं केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन् ।

बुधबार र बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने,केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने राय राखे।

बैठकमा ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी एक सय ५० सदस्यीय हुनुपर्ने, क्रियाशिलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिइएको थियो।

विधानमाथिको छलफलका लागि एकीकृत समाजवादीले प्रश्नावली केन्द्रीय सदस्यलाई उपलब्ध गराएको थियो।

महाधिवेशनको प्रतिनिधि कसरी निर्वाचित गर्नेरु, केन्द्रीय कमिटीको संरचना कस्तो बनाउनेरु केन्द्रीय परिषद्को संरचना कस्तो रहनेरु कमिटीको आकार कस्तो हुनेरु लगायतका विषय प्रश्नावलीभित्र छन्।

त्यस्तै नेतृत्व चयनको विधि के हुनेरु कमिटीको तहगत संरचना के हुनेरु प्रदेशमा आयोगको व्यवस्था गर्ने कि नगर्नेरु कमिटीमा उमेरहदको प्रावधान राख्ने कि नराख्नेरु कमिटीमा पदाधिकारीको संख्या कति हुनेरु लगायतका विषय पनि प्रश्नावलीमा छन्।

एकीकृत समाजवादीको ३३७ सदस्यीय केन्द्रीय कमिटी छ। सबैलाई बोल्न समय दिइएको छ। एकजना केन्द्रीय सदस्यलाई विधानमाथि आफ्ना धारणा राख्न तीन मिनेटको समय दिइएको एकीकृत समाजवादीले बताएको छ।

केन्द्रीय कमिटी बैठकपछि माघ १४ र १५ गते केन्द्रीय परिषद्को बैठक बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक शुक्रबार सकिने छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *