शिवसताक्षी, १३ पुस–झापाको शिवसताक्षी–१ धरमपुरका १५ जना सुत्केरी महिलाहरूलाई पौष्टिक तत्वयुक्त खानेकुरा वितरण गरिएको छ ।

वडा कार्यालयले सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र सरसफाइका सामाग्री राखी वितरण गरेको हो । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत वडाका सुत्केरीहरुलाई झुल, ध्यू, हर्लिक्स लगायतका सामग्री वितरण गरेको हो ।

गएको श्रावण महिना यता सुत्केरी भएका महिलाहरुको स्वाथ्य ख्याल गर्दै उनीहरुलाई आवश्यक खाद्य पदार्थ वितरण गरेको वडाध्यक्ष लक्ष्मी प्रसाद जेम्जोङ्गले बताए ।

वडा कार्यालयमा सुत्केरी भएको जानकारी गराएका महिलाहरुलाई पहिलो चरणमा सुत्केरी पोषण वितरण गरिएको हो ।वडाध्यक्ष जेम्जोङ्गले भने, वडा कार्यालयले अब ३÷३ महिनामा सुत्केरी पोषण वितरण गर्नेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *