फाइल तस्विरः डा चन्द्र कान्त (सीके) राउत

काठमाडौं, १६ पौष–काठमाडौंबाट जनमत पार्टीका अध्यक्ष डा। चन्द्र कान्त (सीके) राउतसहित ६३ जना पक्राउ परेका छन् । माइतीघर मण्डलामा धोती दिवस मनाउनका लागि भेला भएका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनमत पार्टीका राष्ट्रिय सचिव वीपी साहले जानकारी दिए । अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

‘राष्ट्रि धोती दिवस मनाउन बबरमहलबाट माइतीघर जाँदै गर्दा डा। सीके राउतसहितको जनमत पार्टीका ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अहिले हामीलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ,’ साहले भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *