काठमाडौं, १७ पौष–रूसी सेनामा गएका थप ३ नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘हामीलाई थप तीन जना नेपाली मारिएको सूचना प्राप्त भएको छ।’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृतबहादुर राईले थाहाखबरसँग भने, पूर्ण विवरण केहीबेरमा सार्वजनिक गर्छौं।’

योसँगै रुस(युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १० पुगेको छ। यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपाली युवाले युक्रेनसँगको लडाइँमा ज्यान गुमाइसकेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *