काठमाडौँ, १८ पौष–काठमाडौँ जिल्ला अदालतबाटै एक थुनुवा हत्कडीसहित फरार भएका छन्। आज म्याद थपका लागि अदालत लगिएकामा उनी त्यहाँबाट फरार भएका हुन्।

ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए। उनी डलर साट्ने बहानामा लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए।

उपत्यकाका सबै नाका तथा प्रहरी वृत्तमा जानकारी गराई उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। एउटा मुद्दा टुंगिएपछि उनलाई डलर देखाएर ठगी गरेको आरोपमा पुनस् पक्राउ गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *